Total Pageviews

Saturday, July 2, 2016

म त अरुको सपना पो रहेछु, के सपना देख्नु?

सायद ८-९ बर्ष अगाडिका यादले होला- आज त रात पनि लामो लाग्यॊ,
समय त ढिला चलेको हैन नी ?

डर लाग्छ भोलि जिन्दगीमा के गर्छु, आफ्नो जिन्दगीलाई कसरी अगाडी बडाउछु भनि,
गलत त सोचिरहेकी हैन नी ?

येही सोच्दा सोच्दै कहिलेत गहभरि आँसु आउछ,
आँसुको केहि अर्थ नभएकोत हैन नी?

आफ्नो सपनालाई भुल्न खोज्छु, इच्छा, आकंछ्यालाई दबाछु, केवल कर्तब्यलाई पालना गर्न खोज्छु,
कायर त हैन नी?

कसैलाई भनुम त के भनुम, भन्न खोज्छु तर उनीहरुको भाग्येले दिएको दुख देख्दा- आफै उत्तर पाउछु|
बरु होस् सपना बिलिन भएपनि केहि छैन, मेरो लागि दिन-रात दुख गर्नेको अगाडी सपना त के होर? एउटा काल्पनिक पात्र? 

कहिले कहिँ त सपनालाई येथार्थमा परिणत गरुम भन्नि जोश आउछ तैपनि भाग्येले एस्तो भुमरीमा बाद्योकी म त अरुको सपना पो रहेछु, के सपना देख्नु?
के म दुखि त भएको हैन नी?