Total Pageviews

Monday, May 11, 2015

म सक्दिन! सकुँ पनि कसरी?

कति आशा थिए होला| कति सपना थिए होला| केहि सेकेन्डको भुइचालोले ती सबै मेटिए|जिन्दगि पनि अचम्मको रहेछ, भाग्येबस तिम्रो जस्तॊ पिडा मैले भोग्नु परेन तर यति थाहाछकि येदि म तिम्रो ठाउं म भएको भए साएद म पनि तेही खरानी सरी यो संसारमा हराउँथे होला|”के गर्ने? मेरो लागि त जिन्दगी भनेकै मेरै परिवार हो| परिवार नै नभएपछि यो जियुँदो लास को केहि अर्थ छ र?” विभिन्न तरङ्ग तिम्रो मनमा खेल्दो हो|

तर हिम्मत नहार| तिम्रो बाबाले तिम्लाई औंला समाएर हिन्न सिकाउनु भयो, चकचक गर्दा आमाले भन्दा धेरै गाली गर्नु भयो होला, कहिले कहिँ त थप्पड पनि लगाउनु भयो होला, दिन रात पसिना चुहाएर तिमीलाई बोर्डिंग इस्कुलमा भर्ना गर्नु भयो होला, कहिले खोलेले एक छाक त कहिले सिस्नोको तरकारी गरेर तिम्रा हरेक ईच्हा पुरा गर्नु भयो होला, मेरो छोरिले मैले जस्तॊ दुख नपाओस भनेर तिम्रो बाबाले धेरै संघर्ष गर्नु भयो| के तिमि अझै आफ्नो आमाको आँखामा आँसु थपछौ?

म पनि तिमीजस्तै आफ्नो बाबालाई एकदम माया गर्छु| म कल्पना पनि गर्न सक्दिन आफ्नो आँखा अगाडी आफ्नो .......... तिम्रो भावना, अहिले तिमि कुन परिस्थिति बाट गुज्रिरहेकी छौ, म आभास गर्न सक्दछु| तर याद गर ती दिन जुन दिन तिम्रो बाबाले भन्नुभयो मेरो छोरिले येस्तो गरि देखाउनेछ| के तिमि आफ्नो बाबाको सपना पुरा गर्न चाहन्नौ? साएद जिन्दगि यसरीनै चल्दो हो! कहिले घाम त कहिले छायाँ, कुन बेला कालो हुरीले सबै लैजान्छ थाहानै नहुने|

मलाई बिश्वास छ तिमि प्रति किनकि म पनि तिमि जस्तै छु, आफ्नो बाबाको सपना आफ्नो अन्तिम सास सम्म पनि छोड्ने छैन| हो एकदुई दिन लाग्छकी अब त यो संसारमा बाँचेको पनि केहि अर्थ छैन तर तिम्रो जिन्दगि लामो छ| हामी एकदिन दुवै आफ्नो बाबाको सपना पुरा गरे भनेर भेट्ने छौँ|हामी अवश्य भेट्ने छौँ|

केवल हिम्मत नहार!


मृत आत्माको चिरशान्तिका साथै तिम्रो परिवार प्रति हार्दिक समबेदना बेक्त गर्दछु|

No comments:

Post a Comment